• गृहपृष्ठ
  • चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक

चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक

Jul 23rd, 2023

काठमाडौँ ७ साउन

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति आज आइतबार सार्वजनिक गरेको छ ।आज बिहान बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेसँगै राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको हो ।

मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले मूल्य र शोधनान्तर स्थिरता कायम गर्ने मुख्य उद्देश्यका साथ चालु आर्थिक बर्षको जानकारी दिए । साथै, वित्तीय पहुँच अभिवृद्धि गर्न, वित्तीय स्थायित्व कायम गर्न एवम् सुरक्षित, स्वस्थ र सक्षम भुक्तानी प्रणालीको विकास गर्न वित्तीय क्षेत्र, विदेशी विनिमय व्यवस्थापन र भुक्तानी प्रणालीसम्बन्धी नीतिहरु पनि मौद्रिक नीतिमा समावेश गरिएको उनको भनाई छ ।

मौद्रिक नीति अनुुसार बाह्य क्षेत्र तथा मूल्य स्थितिमा सुधार आएको छ भने सरकारी वित्त स्थिति दबाबमा परेको अवस्था छ । निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जाको वृद्धि सुस्त रहेको छ । साथै आर्थिक गतिविधिमा केही शिथिलता आएकोले बैकिङ्ग प्रणालीको निष्क्रिय कर्जा अनुपात केही बढेको छ मोद्रिक नीतिमा उल्लेख छ ।