आज सार्वजनिक हुँदै मौद्रिक नीति

Jul 23rd, 2023

काठमाडौं, साउन ७

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ।

यसका लागि अहिले राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसिरहेको छ।

मौद्रिक नीतिले नीतिगत दर, बैंक दर र निक्षेप संकलन दर घटाउने बताइएको छ ।

यस्तै, २.५ करोड रुपैयाँ भन्दा कम मूल्यका घर र जग्गा कारोबारलाई चलायमान गराउने गरि लोन टु भ्यालू रेसियो र जोखिम भार कम बनाउने राष्ट्र बैंकको तयारी छ ।