• गृहपृष्ठ
  • भन्सार कार्यालयका तीन कर्मचारी निलम्बनमा

भन्सार कार्यालयका तीन कर्मचारी निलम्बनमा

Jul 21st, 2023

काठमाडौ ५ साउन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारी निलम्बनमा परेका छन् । भन्सार विभागले उनीहरुलाई लाई निलम्बन गरेको हो ।विमानस्थलबाट जाँच पास भएको करिब एक सय किलो तस्करीको सुन बरामद भएपछि छानबिन गरि निलम्बन गरेको हो।

विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बासहित तीन जना कर्मचारीलाई निलम्बन गरिएको भन्सार विभागले जनाएको छ । जमध्य भन्सार कार्यालयका अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र भन्सार एजेन्ट यादव पराजुली रहेका छन् ।

क्याथे प्यासिफिक एयरलाइन्सबाट काठमाडौँ आएको सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनिया नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ । भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल नेतृत्वको टोलीले त्यसबारे छानबिन गरिरहेको छ ।