• गृहपृष्ठ
  • सुन तस्करी प्रकरण: एक चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरण: एक चिनियाँ नागरिक पक्राउ

Jul 20th, 2023

काठमाडौं ४ साउन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक सय किलो सुन बरामद भएको घटनामा संलग्न भएको शङ्कामा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेका छन् ।

चीन जाने तयारीमा रहेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको हो ।

सात महिनाअघि नेपाल आएका लिनले यहाँ बसेर अवैध तरिकाले सुन आयात गरेर कारोबार गर्दै आएको खुलेको प्रहरीको दाबी छ ।