• गृहपृष्ठ
  • एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जना पक्राउ

एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जना पक्राउ

Jul 20th, 2023

काठमाडौँ ४ साउन

झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले एक जना एजेन्टसमेत ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनका आयातकर्ता रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल, रामकुमार भुजेल, हर्के राई र भन्सार एजेन्ट राजेन्द्र राई ट्याक्सीका चालक तथा एकजना भारतीय नागरिक रहेका राजस्व अनुसन्धान विभागले जनाएको छ ।

विभागका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका अन्य व्यक्तिको खोजी जारी छ । सुनको यकिन परिणाम थाहा भइसकेको छैन।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जनालाई पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जनालाई पक्राउ गरिएको छ ।

हङकङबाट क्याथे प्यासिफिकको उडान हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पनि पार गरेर सिनामंगल पुग्न लागेको अबैध सुन बुधबार बरामद भएको थियो।