• गृहपृष्ठ
  • ललितपुर महानगरले ल्यायो शहर सफा राख्‍न नयाँ प्रविधि

ललितपुर महानगरले ल्यायो शहर सफा राख्‍न नयाँ प्रविधि

Jul 17th, 2023

ललितपुर, साउन १

ललितपुर महानगरपालिकालाई सुन्दर सफा सहरका रुपमा बिकास गर्न महानगरले नयाँ प्रविधिको सुरुवात गरेको छ ।

महानगरले सडकलाई धूलोमुक्त बनाउनुकासाथै सडकको दायाँबायाँ हरियाली कायम गर्न ६ हजार ५ सय लिटर क्षमता भएको ‘रोड वाटर स्प्रिङकल्स’बाट पानी र हावाको सहयोगमा एकै चोटी सडक सफा गर्न सक्ने प्रविधि प्रयोगमा ल्याएको हो ।

उक्त प्रविधिको शुुभारम्भ गर्दै ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार नयाँ प्रविधिबाट सहर सौन्दर्यीकरण योजना अघि बढाइएको बताए ।