• गृहपृष्ठ
  • विस्पोटक पदार्थसहित पक्राउ ललितपरका नेता बज्राचार्य रिहा

विस्पोटक पदार्थसहित पक्राउ ललितपरका नेता बज्राचार्य रिहा

Jul 17th, 2023

काठमाडौं, साउन १

विस्पोटक पदार्थ सहित गत ३ बर्ष अघि पक्राउ परेको नेकपा माओवादी (विप्लव) का नेता सानुराजा बज्राचार्य जेलबाट रिहा भएका छन् ।
नख्खु जेलका अनुसार २०७७ असार २३ गतेबाट जेल बसेका बज्राचार्य ३ बर्ष १ महिना भुक्तान गरेकाले आइतबार रिहा भएका हुन् ।

उनले ३५ हजार जरिवाना समेत बुझाएर रिहा भएका हुन् । उनलाई अदालतले विस्पोटक पदार्थ सम्बन्धि कसुरमा ३ बर्ष १ महिना कैद र २५ हजार जरिवाना तोकेको थियो । उनलाई हातहतियार तथा खरखजाना १० हजार जरिवाना तोकेको थियो ।