• गृहपृष्ठ
  • अखिल क्रान्तिकारीद्वारा शुल्क वृद्धिमा विरोध

अखिल क्रान्तिकारीद्वारा शुल्क वृद्धिमा विरोध

Jul 16th, 2023

काठमाडौं, असार ३१

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले शैक्षिक शुल्क वृद्धिको विरोध जनाएको छ । प्राविधिक शिक्षा, तथा व्यावसायिक तालिम परिषद्को स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले शुल्क समायोजन गरेकोमा अखिल क्रान्तिकारीले आपत्ति जनाएको हो । 

अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले आइतबार एक विज्ञप्ति जारी गर्दै शुल्क वृद्धि फिर्ता लिन आग्रह गरेकी छन् । 

अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरी निजी संस्थाहरूको साँठगाँठमा पीसिएल नर्सिङमा ३१ प्रतिशत, एचएमा २१ प्रतिशत, डिप्लोमा फार्मेसीमा २५ प्रतिशत शुल्क वृद्धि फिर्ता लिई पुरानै शुल्कमा पठनपाठन गर्न माग गरिएको छ । यदि शुल्क वृद्धि फिर्ता नलिए सङ्घर्षका कार्यक्रम ल्याउने सिंहले चेतावनी दिएकी छन् ।