• गृहपृष्ठ
  • लक्ष्मी कुमारी बस्नेतः  कर्णालीकी पहिलो महिला सचिव, सेवा प्रवेशको १७ वर्षमै विशिष्ट श्रेणीमा

लक्ष्मी कुमारी बस्नेतः  कर्णालीकी पहिलो महिला सचिव, सेवा प्रवेशको १७ वर्षमै विशिष्ट श्रेणीमा

Jul 16th, 2023

तारा वाग्ले

काठमाडौ, ३१ असार

गत मङ्गलवार मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार महिला तथा बालबालिका मन्त्रालयमा कार्यरत सहसचिब लक्ष्मी बस्नेतको सचिवमा बढुवा भएको छ। लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले बस्नेतलाई सचिवका लागि सिफारिस गरेको थियो । बस्नेत कर्णाली प्रदेशबाट सचिव हुने पहिलो महिला हुनुहुन्छ । साथै निजामती सेवामा प्रवेश गरेको समयवधिको आधारमा सबैभन्दा छिटो सचिव हुनेमा पनि उहाँको नाम अंकित भएको छ ।

 निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव बस्नेतको नाम मात्रै सिफारिस भएको थियो । आफ्नो बाल्यकालमा बैंकर बन्ने सपना देख्ने लक्ष्मी बस्नेतको यात्रा अन्ततः व्यवस्थापन प्रशिक्षक तथा बैंकर हुँदै वरिष्ठ सार्वाजानिक प्रशासक तथा व्यवस्थापन तर्फ मोडियो । विरेन्द्रनगर नगरपालिका वार्ड न ६ सुर्खेत जन्मीनुभएकी बस्नेत, त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरबाट एमवीए प्रथम श्रेणीमा उतिर्ण गरी, २०६३ सालमा शाखा अधिकृबाट सेवाप्रवेस गर्नु भएको हो । उहाले भौतिक योजना तथा निर्माण मन्त्रालय, शहरी बिकास तथा भबन निर्माण बिभाग, तत्कालिन शान्ति मन्त्रालय, तत्कालिन जनसङ्ख्या बातावरण मन्त्रालय, मुख्यमन्त्रीको कार्यलय कर्णाली प्रदेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुभब सहित, सयुक्त राज्य अमेरिका, जापान्, स्पेन, चीन्, लाओस, थाइल्यान्ड, इटाली, केन्या आदी देशहरुमा तालिम तथा अबलोकन भ्रमण गरि सार्वाजानिक प्रशासन तथा व्यवस्थापनमा विशेषज्ञता हासिल गरी सक्नु भएको छ ।

बिश्वबिद्यालयमा पनि जेहेन्दार विद्यार्थीका रुपमा स्थापित बस्नेतको रुची बैकिङ तथा सार्वाजानिक प्रसासनमा काम गर्ने थियो । एमबीए सकेपछी उहाले केहि समय बैकिङ तथा व्यवस्थापन प्रशिक्षक क्षेत्रमा कार्य अनुभव बटुल्नु भयो र परिवारको सल्लाहमा लोकसेवा परीक्षा दिई ,२०६३ सालमा शाखा अधिकृबाट सेवा प्रवेस गर्नु भएको हो । उहाँको पहिलो पदस्थापन भौतिक योजना तथा निर्माण मन्त्रालयमा भएको थियो र चार वर्ष सम्म साही मन्त्रालयमा काम गरेर निजामती सेवाका विभिन्न कार्यप्रकृया तथा कार्यशैलीको बारेमा बुझ्दै कार्याक्षमतामा दक्षता हासिल गर्दै निरन्तर वृतिकासमा लागिरहुनु भयो । परिणाम स्वरूप २०६७ सालमा उपसचिव र सहसचिव दुबै पदको जाँच दिनुभएकी बस्नेतको सहसचिवमा लिखित र अन्तर्वाता दुवैमा नाम निस्कीयो र सोही साल सहसचिव भएर शहरी बिकास तथा भबन निर्माण बिभाग हुँदै तत्कालिन शान्ति मन्त्रालयमा खटिएर कर्तव्य निर्वाहमा सदा तत्पर रहनुभयो । विभिन्न चुनौतिका माझ सहसचिवको दायित्व पूरा गर्ने तथा छोराको हेरविचार शिक्षादिक्षा जस्ता कर्तव्यहरु त छदै थिए । बच्चा सानो छ भनेर कहिल्यै घर व्यवहारमा अल्झेर नबसी ७ महिना बच्चालाई परिवारको जिम्मामा छोडेर तालिमको लागि विदेश समेत जानुभयो ।

हरेक चरणमा साथ दिने श्रीमान तथा बलियो इच्छाशक्ति भएको कारण जुन क्षेत्रमा हात हाले पनि उहाँलाइ सफलता मिलेको छ । उहाँको मान्यता छ महिलालाई सफल हुन परिवारको सहयोग हुनु पनि उत्तिनै आवस्यक छ जती एक महिलाभित्र क्षमता र इच्छाशक्ति हुन्छ । उहाँको बिचारमा महिलालाई आफ्नो दायित्व पूरा गर्ने क्रममा अनेकौ संघर्ष र चुनौतिको सामना गर्नुपरर्ने भएकोले आफूलाइ योग्य र अव्वल सावित गर्न पट्क पट्क परीक्षा दिइरहनुपर्छ । उहाँ भन्नुहुन्छ-‘ बच्चा छ, पारिवारिक जिम्मेवारीले जेलीएकी छु, बन्धनमा छु भन्ने हो भने कहिल्यै अघि बढ्न सकिंदैन । समस्याहरु त आउँछन् जान्छन् । आफैंले व्यवस्थापन गर्दै जानुपर्छ’ ।

सहसचिव भएपछि तत्कालिन शान्ति मन्त्रालयको द्वन्द व्यवस्थापन माहाशाखामा कार्यरत रहनुभएकी बस्नेत त्यहाँ हुँदा द्वन्दरत पक्षसंग निरन्तर सम्वाद र समन्वय गर्ने, शान्ति सम्झौता कार्यान्वयन गराउने जस्ता प्रकृयामा खटिनुभयो । द्वन्दरत पक्षलाई शान्ति प्रकृयामा ल्याउन वार्ता गर्ने तथा देशभर शान्ति स्थापना गर्ने काममा सहकार्य र समन्वय गर्ने क्रममा सँगालेका रमाइला अनुभवहरु सुनाउँदै बस्नेत भन्नुहुन्छ –‘ देशभरका विभिन्न शान्ति समितिहरु मार्फत दातृ निकाय, नागरिक समाज, राजनीतिक तथा गैरसरकारी संस्थाको प्रतिनिधिसंग रहेर काम गरी कार्य सम्पन्न गर्दा ज्यादै खुशी मिलेको थियो ।

सरकारले २०७६ मा वरिष्ठ सहसचिवले अनिवार्य रुपमा प्रदेशामा गएर कम्तीमा एक वर्ष सेवा गर्नुपर्ने नीति ल्याएको थियो । सो अनुरुप उहाँलाई कर्णाली प्रदेशमा खटाइयो । बच्चा सानो भएकोले सुगम ठाउँमै मिलाउन सक्ने अवसर पनि नपाउनुभएको होइन । तर उहाँलाई कुने पनि कोणबाट सो जिम्मेवारीको लागि असमर्थ छु भन्ने लागेन र ६ वर्षको छोरालाई साथै लिएर कर्णाली प्रदेशको मुख्यमन्त्रीको कार्यलयमा हाजिर हुनुभयो । छोरालाई अनलाइन माध्यामबाट पढाएर एक वर्ष सम्म सेवा गर्नुभयो । सरकारी सेवामा प्रवेश गरेपछि केही राम्रो गर्छु भन्ने अभिलाशाले उहाँलाई हरेक चुनौतिमा पनि अवसर देख्ने बनाइदियो । आफू जन्मे हुर्के तिरकै ठाउँ भएपनि सबै जिल्लाहरु को अवस्थाबारे बुझने अवसर नपाएको स्मरण गर्दै बस्नेत भन्नुहुन्छ  त्यहाँ काम गर्दा धेरैजसो रहरहरु पनि पूरा भए ।

उहाँको टिमले कर्णालीमा उमेर नपुग्दै छोरीको विहे गरिदिने प्रचलनमा सुधार ल्याउन विभिन्न कार्यक्रम गर्र्यो । ‘छोरी वचत खाता सुरक्षा जीवन भरीको भन्ने अभियान सञ्चालन गर्यौं । यो कार्यक्रम अहिलेपनि जारी छ’ बस्नेत भन्नुहुन्छ-‘ यसबाट कर्णालीका धेरै छोरीहरुको जीवन बदलिएको छ । यस्तो देख्दा निकै आनन्दको अनुभूति हुन्छ’ । निर्णायक तहमा पुग्न जो कोहीको पनि क्षमता र कार्यकुशलता हुनैपर्छ । अझै महिलाले त आफ्नो क्षमता प्रमाणित गरेपछि मात्र त्यस्ता अवसर पाउन सक्छन् । महिलाले आफूलाई अब्बल सावित गर्न पुरुषले भन्दा बढि नै मेहनत गर्नुपर्ने अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ –‘महिलाले हरेक पाइलामा परीक्षा दिनुपर्छ । योग्यताको कसीमा जाँचिनुपर्छ । पितृसतात्मक सोच र प्रवृति भएको हाम्रो समाजमा आरक्षणले मात्र महिलाको सहभागिता बढ्न सक्दैन’ । साना तहबाट महिलालाई यस क्षेत्रमा प्रवेश गराउन केहि समयकोले लागि आरक्षणको व्यवस्था गरेपनि निर्णयक तहमा महिलाको उपस्थिति बढाउन क्षमता विकासका कार्यक्रम ल्याउनेर्फ ध्यान दिनुपर्ने उहाँको सुझाव छ।