• गृहपृष्ठ
  • राजेश धाख्वाको नेतृत्वमा ‘फेसन डिजाइनर सेन्टर’ स्थापना

राजेश धाख्वाको नेतृत्वमा ‘फेसन डिजाइनर सेन्टर’ स्थापना

Jul 15th, 2023

काठमाडौं, असार ३०

नवनिर्वाचित अध्यक्ष राजेश धाख्वाको नेतृत्वमा फेसन डिजाइनर सेन्टर स्थापना गरिएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा फेसन डिजाइनरको हकहित र विकासका लागि यो संस्था बनाउने निर्णय गरिएको हो ।

नवनिर्वाचित अध्यक्ष धाख्वाले फेसन उद्योग, फेसन व्यापार, फेसन शिक्षाको विकास, यस क्षेत्रमा नयाँ प्रविधिको प्रयोग र राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासका लागि भूमिका निर्वाह गर्ने बताए ।

उनले फेसन व्यवसायसँग सम्बन्धित संस्था र विशेषज्ञलाई सेन्टरमा एउटै छानामुनि समेटेर यो उद्योगलाई अझ सशक्त बनाउने र उनीहरूको अधिकार र हकहितको रक्षा गर्ने आफूहरूको योजना रहेको बताए ।

सेन्टरको नवगठित कार्यकारिणी समितिको अध्यक्षमा राजेश धाख्वा, उपाध्यक्षमा सरिता तुलाधर, महासचिवमा मुक्ता श्रेष्ठ, सचिवमा रमिला नेमकुल, कोषाध्यक्षमा अनु श्रेष्ठ, सदस्यहरूमा मिशु श्रेष्ठ, सुष्मा सिंह, मनीष राई र बिनी बज्राचार्य छन् ।