नेवार समुदायमा गठामुंगः पर्व मनाउँदै

Jul 15th, 2023

काठमाडौं, असार ३०

साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिबार काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी गठामुंगः पर्व मनाउँदै छन् ।

साथै, आफ्नो गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधि नलागोस् भनेर घरघरबाट भूतप्रेतसमेत मन्छाउँछन् । भक्तपुरमा यो पर्व विशेष प्रकारले मनाउने गर्दछन् ।

विशेषगरी किसानहरुले गठामुंगः पर्वलाई वैशाख महिनामा पर्ने अक्षय तृतीयाका दिन रोपाइँलगायतका बढी बल प्रयोग हुने कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले तान्त्रिक विधिले आह्वान गरेर बोलाएका भूत, प्रेत, डाकिनी, शाकिनी, पिसाच आदिलाई तान्त्रिक विधिद्वारा नै बिदा गर्ने पर्वका रुपमा समेत लिइन्छ ।