• गृहपृष्ठ
  • बखुंबहालमा नवनिर्मित सत्यमोहन सभाहलको समुद्घाटन

बखुंबहालमा नवनिर्मित सत्यमोहन सभाहलको समुद्घाटन

Jul 15th, 2023

ललितपुर, असार ३०

श्री शान्ति विद्याश्रम माध्यमिक विद्यालय, लोंल, ललितपुरको ललितपुर महानगरपालिका वडा नं १२ बखुंबहालमा नवनिर्मित भवन समुद्घाटन, वडा नं ८ लोलमा निर्मित सत्यमोहन सभाहलको समुद्घाटन गरेकाे छ ।

वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशीको प्रतिमा अनावरण र विद्यालयको मुखपत्र श्री शान्ति सत्यमोहन विशेषांक बिमोचन प्रमुख अतिथि बागमती प्रदेशका माननीय मन्त्री रामकृष्ण चित्रकारबाट आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । समारोहमा मन्त्री चित्रकारले आफ्नो टोलको ईतिहास बोकेको एक प्रतिष्ठित सामुदायिक विद्यालयको विकासको लागि केही योगदान गर्न सकेकोमा आफू गौरवान्वित भएको बताउनुभयो ।

साथै, विद्यालयको लागि आफू सधै क्रियाशील रहने पनि बचनबद्धता ब्यक्त गर्दै यस वर्ष प्रदेश सरकारबाट विद्यालयको लागि रु २० लाख बिनियोजन गरेको पनि बताउनु भयो । वडा अध्यक्ष बाबुरत्न महर्जनको सभापतित्वमा भएको थियो ।

विद्यालय सल्लाहकार समितिका अध्यक्ष, भवन निर्माण समितिका अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष अजरमान जोशीले स्थापनाकालदेखि विद्यालयको ईतिहास र भौतिक पूर्वाधार निर्माण सम्बन्धमा प्रकाश पार्नुका साथै विद्यालयका संस्थापक वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशीको बहुआयामिक व्यक्तित्वका बारेमा चर्चा गर्दै वहाँको चीर शान्तिको कामना गर्नुभयो ।

सो अवसरमा पूर्व प्रदेश सांसद माधव पौडेल, शिक्षा समन्वय अधिकारी राठौर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक सिध्दिबिक्रम शाह, राज दल गणका गणपति प्रमुख सेनानी केशर बुढाथोकी, शसस्त्र प्रहरी दक्षिणकाली गणका गणपति श प्र उ सुमन जंग थापा, पूर्व प्रदेश सांसद शोभा शाक्य, वांगमय शताब्दी पुरुषका जेष्ठ सुपुत्र अणुराज जोशी लगायतको उपस्थिति थियो ।