• गृहपृष्ठ
  • एसईई परिक्षामा पास भएका विद्यार्थीहरुलाई सिद्धिमंगलको सम्मान

एसईई परिक्षामा पास भएका विद्यार्थीहरुलाई सिद्धिमंगलको सम्मान

Jul 13th, 2023

ललितपुर, असार २८

महालक्ष्मी नगरपालिका ६ अवस्थित श्री सिद्धिमंगल माध्यमिक विद्यालयले एसईई परिक्षामा पास भएका विद्यार्थीहरुलाई आज बुधबार सम्मान गरेको छ । एसईई दिएका ३८ जना विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी बहादुर महर्जनको अध्यक्षता र महालक्ष्मी नगरपालिकाका शिक्षा शाखाका प्रमखु चिरञ्जीवी पौडेलको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति सदस्य शोभा महर्जनका साथै विद्यालय व्यवस्थापन समितिका सल्लाकारहरुको बिशिष्ट आतिथ्यतामा विद्यार्थीहरुलाई सम्मान गरिएको हो । सर्व उत्कृष्ट ३.९० जिपीए ल्याउने सुजिता कुमारी शाहले रहेको छ भने बाँकी सबै उत्कृष्ट जिपिए ल्याएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चिरञ्जीबी पौडेलले अब परिवर्तन गर्नका लागि जहाँ छ, त्यहीबाट सुरु गर्ने, जिपीएको कुनै अर्थ लाग्दैन जब भविष्यमा परिवार, समाज, राष्ट्रलाई आफूले कसरी दिनुहुन्छ त्यसमा निधारर्ण हुने बताए । उनले अहिलेको सम्भावना, आफ्नो दक्षता के छ, त्यो हेरेर विषय वस्तु छान्न आग्रह गरे ।

प्रमुख अतिथि चिरञ्जीबी पौडेल

यस्तै, प्रध्यानाध्यापक मिन बहादुर अछामीले विद्यालयमा विभिन्न भौतिक सेवा सुविधाका साथ शिक्षामा राम्रो र गुणस्तीय शिक्षाका लागि बाहिर जानुनपर्ने गरी यसै विद्यालयमा सुविधा भएको बताए । उनले हरेक वर्ष ५ जना विद्याथीहरु र १ शिक्षकका साथ शैशिक्ष तथा साँस्कृतिक फ्रान्स भ्रमण गर्ने अवसर उल्लेख गर्दै, रोटरी क्लब अफ पाटनले कक्षा ७ देखि ४ जनालाई छात्रवृद्धि प्रदान गरेको र मनकामना फाउण्डेशनका विगत ६ वर्ष देखि गरिब तथा जेहेन्दार विशेष गरी महिला छात्रालाई प्रवद्धन गर्नका कक्षा ९ देखि सुरुगरेको जानकारी दिए । उनले अब यि संस्थासँग निरन्तर लाग्ने बताए ।

प्रध्यानाध्यापक मिन बहादुर अछामी

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी बहादुर महर्जनले प्राप्त गरेको जिपिएले आफ्नो जिवन र शैक्षिक यात्रा सफल र सक्षमका लागि तयारीमा रहन आग्रह गरे ।

सम्मान कार्यक्रममा रोटरी क्लब अफ पाटनका अक्ष्यक्ष महेन्द्र सिंह, मनकामना फाउण्डेशन संस्थाकी गिता मानन्धर र विद्यालय व्यवस्थापन समितिका विविन्न सल्लाकारहरु उपस्थिती रहेका छन् ।

३.९० जिपीए ल्याउने सुजिता कुमारी शाह