• गृहपृष्ठ
  • आयुर्वेद सेवाको प्रवद्र्धन गर्न पत्रकारहरुसँग अन्तर्क्रिया

आयुर्वेद सेवाको प्रवद्र्धन गर्न पत्रकारहरुसँग अन्तर्क्रिया

Jul 13th, 2023

ललितपुर, असार २८

ललितपुरमा आयुर्वेद सेवाको प्रवद्र्धन गर्न पत्रकारहरुसँग अन्तर्क्रिया कार्यक्रम भएको छ । बाग्मती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको सहयोग र आयुर्वेद स्वास्थ्य केन्द्र ललिपुरको आयोजनामा भएको हो । यस अन्तर्क्रिया कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र ललिपुरका अध्यक्ष सूर्यमान श्रेष्ठको सभापत्तिव र पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानको प्रमुख अतिथिमा भएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले आयुर्वेद सेवाको प्रवद्र्धन गर्न स्थानीय तहका पत्रकारहरुसँगको अन्तक्रिया कार्यक्रम संचालन गरेको छ । बुधबार ललितपुरको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भवनमा एक कार्यक्रमको आयोजना गरि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले आयुर्वेद चिकित्साको महत्व, आवश्यकता र सेवाको बारेमा पत्रकारहरुसँग अन्क्रिया संचालन गरेको हो ।

केन्द्रको बारेमा जानकारी दिँदै डाक्टर सृष्टि श्रेष्ठले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरबाट जुनसुकै प्रकारका विरामीहरुको उपचार सुलभ मूल्यमा भरपर्दो उपचार हुँदै आएको बताइन् । उनले आयुर्वेद सम्बन्धी विभिन्न सेवा सुविधाहरु, कार्यक्रम, शिक्षा, दिवस, औषधी बारे जानकारी दिए ।

यस्तै, डाक्टर इला पौडेलले आयुर्वेदको परिचय, उदेश्य, विकास, सेवा, महत्व, शिक्षा र शैक्षिक कार्यक्रम बारे विस्तृत रुपमा जानकारी दिए ।