• गृहपृष्ठ
  • ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुग्यो

ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुग्यो

Jul 13th, 2023

काठमाडौँ २८ असार

ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा बुधबार थप एक जना पक्राउ परेका छन् ।

बुधबार सीआईबीले समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो। यससँगै यो प्रकरणमा मंगलबारमात्रै यो प्रकरणमा ४ जना पक्राउ परेका थिए ।

एसएसपी दिनेशकुमार आचार्यले पौडेललाई काठमाडौँको गोकर्णबाट पक्राउ गरिएको बताए ।
सो सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको छ।