• गृहपृष्ठ
  • ललिता निवास जग्गा प्रकरणः १४ आना जग्गा घूस लिएको आरोपमा पूर्व लेखापाल पक्राउ

ललिता निवास जग्गा प्रकरणः १४ आना जग्गा घूस लिएको आरोपमा पूर्व लेखापाल पक्राउ

Jul 12th, 2023

काठमाडौँ २७ असार

ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेल पक्राउ परेका छन् । गृह मन्त्रालय मातहतको सो कम्पनीका तत्कालिन सहलेखापाललाई १४ आना घूस लिएको आरोप लागेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले बुधबार दिउँसो काठमाडौंको गोकर्णबाट उनलाई नियन्त्रणमा लिएको हो । पौडेलले किर्ते कागजात तयार पारी ललिता निवासको जग्गा व्यक्तिका नाममा पुर्‍याउन सघाए वापत सूवर्ण शमशेर राणाका भोगाधिकारीबाट १४ आना जग्गा नै घूस लिएको प्रहरी अनुसन्धानमा खुलेको छ । पौडेलले पत्नी विद्या गौतम पौडेलका नाममा १४ आना घूस लिएको अनुसन्धानमा खुलेको छ ।

पौडेलले समरजंग कम्पनीको नाममा रहेको जग्गा व्यक्तिको भनी किर्ते फाइल तयार पारेर भूमि व्यवस्था विभागलाई पठाएका थिए । त्यसपछि पौडेलले तयार पारेको पत्र विभागबाट सदर गरी मालपोत कार्यालय डिल्लीबजार पठाइएको प्रहरीले जनाएको छ ।