नेप्से २५ अंकले बढ्यो

Jul 12th, 2023

काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्सेमा २५ अंकमाथिको वृद्धि भएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से सूचकमा बुधबार एकै दिन २५.३१ अंकले बढ्दै २ हजार ९७.५५ अंकको विन्दुमा उक्लिएको हो । 

आज कारोबार रकम समेत बढेर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार रुपैयाँ बराबरको ८५ लाख ४ हजार कित्ता सेयर बजारमा किनबेच भएको नेप्सेले जनाएको छ । 

आज फाइनान्स र होटल तथा पर्यटन समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । हाइड्रोपावर समूहको उपसूचक ४.४१ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक २ प्रतिशत कमले बढेका छन् । 

फाइनान्स र होटल तथा पर्यटन समूहको उपसूचक भने आज क्रमशः १.९५ प्रतिशत र ०.८७ प्रतिशतले घट्न पुगेको छ ।आज शिभम् श्री हाइड्रोपावर, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतले वृद्धि) लागेको छ भने दर्जन भन्दा बढी कम्पनी सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ । यता रावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लाग्न पुगेको छ ।