• गृहपृष्ठ
  • प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधन

Jul 12th, 2023

काठमाडौँ २७ असार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । उनी लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।

६९ वर्षीया दाहाललाई बिहान ८ बजे कार्डियक अरेस्ट भएको अस्पतालले जनाएको छ ।
सीता दाहाल सो रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने तथा २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।