• गृहपृष्ठ
  • ललिता निवास जग्गा प्रकरण: आज थप दुई जना पक्राउ

ललिता निवास जग्गा प्रकरण: आज थप दुई जना पक्राउ

Jul 11th, 2023

काठमाडौं, असार २६

ललिता निवास जग्गा हिनामिनाको आरोपमा मंगलबार थप दुईजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार मालपोत कार्यालयका तत्कालीन नासु योगराज पौडेल र खरदार नारायणदास श्रेष्ठलाई पक्राउ गरेको हो ।

यस प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए। सीआईबीले ललिता निवास जग्गा हिनामिनामा सरकारी कीर्तेमा अनुसन्धान गरिरहेको छ ।