• गृहपृष्ठ
  • हेलिकोप्टर दुर्घटना अपडेटः मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा छ जनाकै मृत्यु

हेलिकोप्टर दुर्घटना अपडेटः मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा छ जनाकै मृत्यु

Jul 11th, 2023

काठमाडौँ २६ असार

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा छ जनाकै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बले जनाएको छ । दुर्घटनामा हेलिकोप्टरमा सवार एक नेपाली पाइलटसहित पाँच जना मेक्सिकनको शव फेला परेको हो।

मङ्गलवार बिहान १०ः ४ बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर १०ः १२ बजेदेखि नै सम्पर्कविहीन रहेको थियो ।

सम्पर्कविहीन रहेको हेलिकोप्टर ११ः २४ मिनेटमा लामजुरा पास नजिकै देउराली भन्ज्याङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । शव जलेको अवस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार एकजनाको अवस्था अज्ञात छ ।

हेलिकोप्टर पाइलट चेतबहादुर गुरुङले चलाएका थिए। उक्त हेली सधैँ उड्ने रुटमा नै आएको र्‍याडरमा देखिएको बत्ताइएको छ।