• गृहपृष्ठ
  • लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कबिहीन, खोजी कार्य जारी

लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कबिहीन, खोजी कार्य जारी

Jul 11th, 2023

काठमाडौं २६असार

लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कबिहीन भएको छ । मंगलबार बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कबिहीन भएको त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाले जनाएका छन् ।

हेलिकप्टरमा नेपाली पाइलट र पाँच जना विदेशी नागरिक छन् । उनका अनुसार मनाङ् एयरको हेलिकोप्टर सम्पर्कबिहीन रहेको जानकारी आएकोले खोजी जारी छ । हराएको हेलिकप्टर खोज्न अहिले अल्टिच्युड एयरको हेलिकप्टर परिचालन गरिएको छ ।