• गृहपृष्ठ
  • सट्टेबाजीको अभियोगमा पक्राउ परेका ८ जना कलाकार विरुद्ध मुद्दा दर्ता, ६५ करोड विगो दाबी

सट्टेबाजीको अभियोगमा पक्राउ परेका ८ जना कलाकार विरुद्ध मुद्दा दर्ता, ६५ करोड विगो दाबी

Jul 10th, 2023

काठमाडौ २५ असार

सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोपमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका ८ जना कलाकारहरु विरुद्ध अभियोगपत्र दर्ता भएको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरे विरुद्ध पनि मुद्दा दर्ता गरेको छ । यो मुद्दामा एक जना भने फरार रहेका छन् ।

उनीहरुविरुद्ध वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेबसाइटको प्रचार गरेको आरोप छ । जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाएको छ । उनीहरु विरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको बताइएको छ । उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गरिएको छ ।