• गृहपृष्ठ
  • ‘मिस स्टार युनिभर्स २०२३’ को उपाधि नेपालकी सृष्टि महर्जनलाई

‘मिस स्टार युनिभर्स २०२३’ को उपाधि नेपालकी सृष्टि महर्जनलाई

Jul 10th, 2023

काठमाडौं, असार २५

दुबईमा आयोजित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’ को शीर्ष उपाधि सृष्टि महर्जनले जितेकी छन् । १९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

२२ बर्षिया महर्जनले प्रतियोगीतामा शीर्ष उपाधि सहित ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’ को सवटाइटल समेत हात परेकी छन् । 

‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ अन्तर्गत आयोजित ‘मिस स्टार युनिभर्स २०२३’ मा उनलाई ग्रिनआर्ट मिडियाले ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ ताज सहित पठाएको थियो ।

कार्यक्रममा ‘मिसेस स्टार युनिभर्स २०२३’ तर्फ नेपाली जोया बुढाथोकी सहभागी थिइन् । उनले भने प्रतियोगीतामा ‘मिसेन ब्युटिफुल बडी’को उपाधि हात पारिन् ।