आजको विदेशी मुद्राको विनिमय दर

Jul 9th, 2023

काठमाडौं, असार २४

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३२ रूपैयाँ ०९ पैसा र बिक्री दर १३२ रूपैयाँ ६९ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ७३ पैसा र बिक्री दर १४४ रूपैयाँ ३९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ३३ पैसा र बिक्री दर १६९ रूपैयाँ ०९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा र बिक्री दर ३६ रूपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।