• गृहपृष्ठ
  • मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा खुल्ला पुरुष दौड प्रतियोगिता सम्पन्न

मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा खुल्ला पुरुष दौड प्रतियोगिता सम्पन्न

Jul 8th, 2023

ललितपुर, असार २३

जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा खुल्ला पुरुष दौड प्रतियोगिता सम्पन्न भएकाे छ । उद्घाटन समारोह महालक्ष्मी नगरपालिकाका मेयर हरि गाेविन्द श्रेष्ठ र नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले गरेका हुन् ।   

नेपाल खेलकुद महासंघ जिल्ला कमिटी ललितपुरकाे आयोजित प्रतियोगितामा ६९ जना सहभागीता रहेकाे छ ।
पहिलाे हुनेमा ललितपुर महानगरपालिका ४ का विकेस घिमिरे, दोस्रोमा ललितपुर महानगरपालिका ८ का राकेश महर्जन , तेस्रोमा ललितपुर महानगरपालिका ४ का निनम राई, चाैथाेमा ललितपुर महानगरपालिका २० का सचिन श्रेष्ठ र पाँचौमा नकुल घर्ती भएकाे छ ।

विजेतालाई नगद पुरस्कार क्रमशः १२ हजार, ८ हजार, ५ हजार, ३ हजार र २ हजार प्रदान गरेका छन् ।