• गृहपृष्ठ
  • इलामकाे महभीर चटानमा आराेहणकाे रुट बनाउन सुरु

इलामकाे महभीर चटानमा आराेहणकाे रुट बनाउन सुरु

Jul 8th, 2023

काठमाडौं, असार २३

इलाम नगरपालिका – ८ मा रहेको महभीर चटानमा आरोहणको रुट वनाउने कार्य सुरु गरिएको छ।

विश्व कीर्तिमानी सगरमाथा आरोही तथा इलाम नगरपालिकाकोे पर्यटन सदभावना दूत कल्पना महर्जनको संयोजकत्वमा र रुट फिक्सिगको काम लिड इन्टरनेशल माउन्टेन गाइड नरबहादुर अस्तानीको नेतृत्वमा थालिएको हो।

रुटको व्यवस्थापन क्लाम्विग पर्यटकीय क्षेत्र प्रवद्र्धन विकास समितिले इलाम नगरपालिका ८ महभीरको रहेको छ। इलाम नगरपालिका र पर्यटन बोर्डको आर्थिक व्यस्थापनबाट रुट बनाउन थालिएको हो।

आरोही कल्पना महर्जनले महभीरमा रहेको चटानमा ६ वटा विभिन्न ग्रेडको रुट बनाउने कार्य भइरहेको बताइन्। नेपालको पूर्वी क्षेत्रमा बनाउन लागिएको यो पहिलो माउण्टेन रुट रहेको जनाइएको छ।