दुई लाख घुस लिंदालिंदै समातिए ढकाल

Jul 7th, 2023

काठमाडौँ / मोरङमा कार्यरत एक कर्मचारी दुई लाख घुस लिएको अवस्थामा समातिएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

अख्तियारले अधिकृत ढकाललाई सेवाग्राहीबाट दुई लाख घुस लिएको अवस्थामा उक्त रकमसहित शुक्रबार नियन्त्रणमा लिएको हो ।

उनले नगरपालिका तथा वडा कार्यालयहरुमा मर्मत सम्भारको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागको अख्तियारले बताएको छ । ढकालमाथि थप अनुसन्धान भइरहेको अख्तियार जनाएको छ ।