• गृहपृष्ठ
  • शनिबार बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

शनिबार बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

Jul 7th, 2023

काठमाडौं, असार २२

आगामी २ वटा शनिबार बैंक खोल्न निर्देशन दिएको छ। राष्ट्र बैंकले एक सुचना जारी गर्दै राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि शनिवार र असार ३० गते शनिवार पनि राति ८ बजेसम्म बैंक तथा वित्तिय संस्था खुला राख्न निर्देशन दिएको छ।

यस्तै, असार ३१ गतेपनि बेलुका सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु खुला राख्न भनेको छ । चालु आर्थिक वर्ष २०७९/८० सकिनै लाग्दा सरकारलाई राजस्व संकलनको दबाव परेको छ।

आर्थिक वर्षको अन्यमा ज्यादा राजस्व संकलन हुने भएकाले सोको कारोबार गर्ने बैंक तथा वित्तिय संस्थालाई सेवा बन्द नराख्न भनेको हो ।