• गृहपृष्ठ
  • चिडियाखानाभित्र जनावरका आकृति काठमा उतार्दै

चिडियाखानाभित्र जनावरका आकृति काठमा उतार्दै

Jul 7th, 2023

ललितपुर, असार २२

ललितपुरको जावलाखेलस्थित चिडियाखानामा छाडिएका रूखका मुढामा जनावरका आकृति कुँदिदै छ। 

देशका विभिन्न क्षेत्रका कलाकारहरुद्वारा काठहरुमा कलाको माध्यमबाट ‘सेभ द एनिमल्स’ नामक सन्देश दिने उद्देश्यले कला प्रस्तुत गरिने भएकाे छ । कलाकार बिभुसन ताम्राकारको नेतृत्वमा उक्त आकृति कुंदने काम भैइरहेकाे छ ।

चिडियाखानाका काठलाई उपयोग गर्दै यसरी कलाकृति बनाउने कामको योजना सुरूमा तीन कलाकारबाट भएको थियो। ती कलाकार हुन् विभुषण ताम्राकार, राजन महर्जन र विकास शाक्य रहेकाे छ ।

हालसम्म मकर गोही, हात्तीको टाउको, लाटोकोसेरो र गिद्धको टाउको बनाइंदैछ भने अरु विभिन्न आकृति कुंदने काम जारी रहेको छ ।

त्यहाँ काठको आकारअनुसार कुन पशुपन्छीया जनावर बनाउन सकिन्छ सोही अनुसार बनाउने गरिएको छ । आफ्नो व्यापार ब्यबसाय सबै छोडी बिना पारिश्रमिक सेवाको भावनाले सबै कलाकारहरु लागिरहनुभएको छ ।