नेप्से ०.८४ अंकले बढ्यो

Jul 6th, 2023

काठमाडाैं, असार २१

प्रि ओपन सेसनमा नेप्से सूचक ०.८४ अंकले बढेको छ । यससँगै सूचक २०५०.२८ विन्दुमा आएको छ । ३ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

१६ कम्पनीको ९९० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६० वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य घटेको छ ।