• गृहपृष्ठ
  • लेले-लगनखेल-रत्नपार्क रुटमा आजदेखि साझा बस चल्ने

लेले-लगनखेल-रत्नपार्क रुटमा आजदेखि साझा बस चल्ने

Jul 6th, 2023

ललितपुर, असार २१

साझा यातायातले बिहीबार (आज) देखि ललितपुरका शहरउन्मुखसहित भित्रि शहरी क्षेत्रलाई काठमाडौं शहरसँग जोड्ने गरी नयाँ रुटमा बस सेवा थाल्ने भएको छ ।

साझाले ललितपुरको लेले–टीकाभैरव–चापागाउँ–थेचो–सुनाकोठी–लगनखेल–जवालाखेल–कुपन्डोल–त्रिपुरेश्वर– सुन्धारा–जमल–पुरानो बसपार्क (रत्नपार्क)  रुटमा सेवा थाल्न लागेको हो ।

साझा यातायातले ४० वटा नयाँ बिजुली बस किनेपछि नयाँ रुटहरुमा सेवा विस्तार गरिरहेको छ ।