• गृहपृष्ठ
  • एसईई नतिजा अन्तिम चरणमा, यस्तो छ हेर्ने तरिका

एसईई नतिजा अन्तिम चरणमा, यस्तो छ हेर्ने तरिका

Jul 5th, 2023

काठमाडौँ २० असार

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ ०८० को नतिजा प्रकाशनको अन्तिम चरणमा रहेको छ । सो नतिजा विभिन्न १९ तरिकाबाट हेर्न सकिने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० (एसईई) को नतिजा सम्बन्धी विवरण अवेब्सैत, एसएमएस र आइभीआर गरि १९ तरिकाबाट हेर्न सकिने जनाएको हो ।

एसइईको नतिजा रूजु गर्ने र इन्ट्री गर्नेजस्ता काम भइरहेको र शुक्रबारभित्र नै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बोर्ड अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

२०७९ चैतमा भएको एसइई परीक्षामा चार लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थी सहभागी थिए।