रहेनन् रकगायक रविन तामाङ

Jul 5th, 2023

काठमाडौं, असार २०

प्रसिद्ध नेपाली रकगायक रविन तामाङको काठमाडौं बुढानीलकण्ठस्थित घरमा निधन भएको छ ।

उनका परिवारका सदस्यका अनुसार उनको निधन मंगलबार बेलुका भएको छ। गायक रविनको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको

तामाङ अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए ।

सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘केटा केटी’, ‘मेरो माया’, ‘दम मारो दम’, ‘कल्पना’ लगायत कयौँ गीत युवापुस्ता माझ चर्चित छन् ।