• गृहपृष्ठ
  • नेशनल कोअपरेटिभ डेभल्पमेन्टका प्रवन्धक दिनेश पन्त करोडौं ठगेर फरार

नेशनल कोअपरेटिभ डेभल्पमेन्टका प्रवन्धक दिनेश पन्त करोडौं ठगेर फरार

Jul 4th, 2023

ललितपुर १९ असार

ललितपुर पाटनको गाहावहालमा कार्यालय रहेको नेशनल कोअपरेटिभ डेभलपमेन्ट सोसाइटी लिमिटेडका प्रवन्धक दिनेश पन्त बचतकर्ताको करोडौ ठगेर फरार छन् । उनी सहकारी करीव ६ महिना देखि कार्यालय आएका छैनन् । दिनेश पन्तले प्रवन्धक हुँदा सहकारीको १० करोड रकम अपचलन गरी सहकारीलाई खाली चेक दिएर फरार रहेको वताइएको छ । संस्थाका उपाध्यक्ष प्रद्युम्न जोशीले प्रवधक दिनेश पन्तका विषयमा चेक बाउन्सका उजुरी लिए्र प्रहरी प्रभाग हनुमान ढोका जाने बताए ।

साथै पन्तकै मिलोमतोमा सिद्धीपुर थसी बहुउद्देश्यीय सहकारी संस्था र महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाहरु डुवाएका रविन्द प्रसाद नेम्कुलालाई पाँचखालको कमसल जग्गा धितो राखी १० वर्ष अघि ६० लाख ऋण प्रवाह गरी सहकारकिो रकम अपचलन गरेको पाइएको छ । अहिले त उन िमात्र होइन अन्य सञ्चालक सदस्य पनि सम्पर्कमा आएका छैनन् ।

बचतकर्ता सरिता राजभण्डारीले १० वर्ष देखि मुद्दतीमा जम्मा गरेको ८ लाखको व्याज असोज देखि पाउन सकेकी छैनन् । राजभण्डारी लगायत बचतकर्ताहरु चिरीमाया महर्जन मुद्दती १६ लाखको मुद्दती बचतको व्याज पाएका छैनन् । त्यति मात्र नभई १ लाख ५६ हजार ९ सय १० रुपैयाँ ७५ पैसा पाउन सहकारी धाउदा एक बचतकर्तालाई हाल सहकारमिा पैसा नभएको भन्दै सहकारीका सल्लाहकार रामकृष्ण महर्जनले पैसा आए पछि दिने भनेर फर्काएका थिए।

त्यस्तै ६० लाख मुद्दती बचतकर्ता पुष्पराम श्रेष्ठले व्याज पाउन पौष महिना देखि सहकारी धाउदा समेत व्याज पाएका छैनन् भने अर्की ४ लाख ७५ हजार मुद्दती बचत कर्ता हिरा शोभा शाक्यले पनि व्याज नपाएको गुनासो पोखिन् । उनले छोराको बचत भएको पैसा माग्न जाँदा सरकारीका सञ्चालकहरुले उल्टै पैसा ननिकाल्न भनेर सल्लाह दिने गरेको बताइन् ।

नेशनल नेशनल कोअपरेटिभ डेभल्पमेन्ट सोसाइटीका सल्लाहकार रामकृष्ण महर्जनले मुद्दती बचतको रकम के कति दिनु पर्ने आफुलाई जानकारी नभएको र फिर्ता दिने रकमको डाटा संकलन भैरहेको बताए ।