• गृहपृष्ठ
  • ललितपुर महानगरद्वारा ज्येष्ठ नागरिक र अपाङगता भएकाको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गर्ने 

ललितपुर महानगरद्वारा ज्येष्ठ नागरिक र अपाङगता भएकाको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गर्ने 

Jul 4th, 2023

ललितपुर ,असार १९

ललितपुर महानगरले घर घरमा पुगेर ज्येष्ठ नागरिक र अपाङगता भएकाहरुको स्वास्थ्य परीक्षण गरी स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।  महानगरमा बसोबास गर्ने ज्येष्ठ नागरिक र अपाङगता भएकाहरुले मुट, मिर्गौला र आँखाको परीक्षणको सुविधा पाउनेछन् ।

‘महानगरसँग ज्येष्ठ नागरिक’ नाम दिइएको उक्त कार्यक्रम अन्तर्गत घर-घरमा गएर ज्येष्ठ नागरिक र अपाङगता भएको स्वास्थ्य परीक्षण गरि आधारभूत औषधि निः शुल्क दिइन्छ । सत्तरी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घर घरमा पुगेर साधारण र विशिष्ठ स्वास्थ्य सेवा उपलब्ध गराउने छ । 

स्वास्थ्य परीक्षण गर्न र स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाल हृदय रोग निवारण, र नेपाल नेत्र ज्योति संघ (कीर्तिपुर आँखा अस्पताल)र ललितपुर महानगरबीच समझदारी पत्रमा हस्ताक्षरण भयो ।