सिद्धार्थ बैंकको जरुरी सूचना !

Jul 3rd, 2023

काठमाडौं, असार १८
सिद्धार्थ बैंकले एक सूचना जारी गर्दै सम्पूर्ण हितग्राहीहरुलाई असार मसान्तभित्रमा डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको छ । डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक वर्षमा एक सय शुल्क तिर्नु पर्ने व्यवस्था छ ।

सिद्धार्थ बैंकमा आफ्ना सम्पूर्ण हितग्राहीहरुलाई आ.व ०७९/०८० सम्मको डिम्याट खाता सञ्चालन गरेबापत असार मसान्तभित्र खाता नवीकरण गर्न आग्रह गरेको छ । समयभित्रमा खाता नवीकरण नगरे डिम्याट खाता फ्रिज गरिने बैंकले जनाएको छ ।