एनएमबि बैंकद्धारा दुई अफर सार्वजनिक

Jul 3rd, 2023

काठमाडौं, असार १८

एनएमबि बैंकले आफ्ना ग्राहकहरुका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उदेस्यले दुई आकर्षक अफरहरू घोषणा गरेको छ ।

अफरमा ग्राहकहरुले eNMB एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा नि:शुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् । चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकहरूलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउने बैंकले जनाएको छ । सो अफर श्रावण मसान्त सम्म लागु हुनेछ ।

साथै एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरुलाई निस्शुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।