• गृहपृष्ठ
  • ललितपुरको इमाडोलबाट नक्कली नोटसहित एक जना पक्राउ 

ललितपुरको इमाडोलबाट नक्कली नोटसहित एक जना पक्राउ 

Jul 2nd, 2023

ललितपुर, असार १७

ललितपुरको इमाडोलबाट प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं‌ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले इमाडोलबाट एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर घर भई इमाडोल बस्ने ४२ वर्षीय प्रशान्त भन्ने पासाङ बमजन छन् ।

प्रहरीले ५ सय रुपैयाँका एक सय ६० थान नक्कली नोट बरामद गरेको हो ।