एसईईको नतिजा अन्तिम चरणमा

Jul 2nd, 2023

काठमाडाैं, असार १७

शैक्षिक सत्र  २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी अन्तिम चरणमा पुर्‍याएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले यही असार १८ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको हो ।  २०७९ मा ४ लाख ८४ विद्यार्थीले एसईई दिएका थिए ।