नेप्से उच्च अंकले घट्याे

Jul 2nd, 2023

काठमाडौं, असार १७

शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५३.७० अंक तल झरेको हो । २.५० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०९७.२९ अंकमा ओर्लिएको छ । 

आज २८६ कम्पनीका १ करोड १३ लाख २३ हजार १ सय ८३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १ सय ७९.३९ रुपियाँ बराबरको कारोबार भएको हो । समग्रमा बजार घटे पनि बीपीडब्लू लघुवित्त र सिटी होटलका लगानीहरुहरुले भने सबैभन्दा बढी १० र ९.९८ प्रतिशतले नाफा कमाएका छन् ।

यता सिर्जनशील लघुवित्त र माउन्टेन इनजीका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.३२ र ९.१२ प्रतिशतले घाटा व्यहोरका छन् ।