• गृहपृष्ठ
  • टाहाखेलमा निःशुल्क आयर्वेदिक स्वास्थ शिविर सम्पन्न

टाहाखेलमा निःशुल्क आयर्वेदिक स्वास्थ शिविर सम्पन्न

Jul 1st, 2023

ललितपुर, असार १६

गाेदावरी नगरपालिका ११ अवस्थित हाम्राे विद्यालय, (वशिष्ठ मा. वि) टाहाखेलमा नि:शुल्क आयुर्वेद स्वास्थ शिविर सम्पन्न भएकाे छ ।

आयुर्वेद पसल र हाम्रो विद्यालय ( वशिष्ठ मा.वि)
द्वारा आयोजना गरिएको हो । यस स्वास्थ शिविरमा १६३ जनाले स्वास्थ्य सेवा लिएकाे झिगु आयुर्वेद पसलका सञ्चालक सन्नी माली जानकारी दिए ।

लायन्स क्लब अफ जावलाखेल र चापागाउं आयर्वेद औषधालय संस्थाकाे सहयाेगीमा पाइल्स बाथरोग, जोर्नी तथा नशा, पिनाश, दम, खोकि, ग्याष्टिक छाला, स्त्रीरोग, बालरोग आदि सेवाहरू दिएका थिए ।