कविता: असार १५

Jun 30th, 2023

काठमाडौं, असार १५

असार पन्ध्र दही र चिउरा, साउन पन्ध्र खीर
पुसको पन्ध्र तिहारे खाजा, माघीमा खेल्ने गीर ।।
छुपुमा छुपु धान है रोपौँ, दबदबे हिलोमा
सबै र जना खेतमा जाऊँ है, नगरी ढिलोमा ।।

फुर्सद छैन पकाउन खाना, खाउँला नि चिउरा दही
गर्मीको बेला शीतल पार्ने, आहा! क्या मीठो मही ।।
भएर खुशी बाउसे हली, ब्याडे र रोपार
सबैले गाउँदा असारे भाका, आनन्द अपार ।।
जाँगर भए छैन है गाह्रो, पाल्नलाई जहान
मानोमा छरी मुरी है फल्ने, धर्ती छन् महान् ।।

नरिश्वर गौतम