• गृहपृष्ठ
  • महानगरमा अपाङ्गता भएका व्यक्तिहरुको समुदायमा आधारित समावेशी शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

महानगरमा अपाङ्गता भएका व्यक्तिहरुको समुदायमा आधारित समावेशी शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Jun 29th, 2023

ललितपुर, असार १४

महालक्ष्मी नगरपालिका स्तरिय सामूदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलाई अपाङ्गता भएका व्यक्तिहरुको समुदायमा आधारित समावेशी शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम अपाङ्गता सशक्तिकरण समाज नेपालको आयोजना, महालक्ष्मी नगरपालिकाको समन्वय र बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका साझेदारमा महालक्ष्मी नगरका प्रधानाध्यापकहरूसँग महालक्ष्मी नगरपालिकाको हल, कमलपोखरीमा आयोजना भएको थियो।

यस तालिमका प्रमुख प्रस्तुतीकरण दिव्य दवाडीले शिक्षामा पूर्ण समावेशी शिक्षा नभएकोले यसमा धेरै चुनौतीहरु भएको बताइन् । उनले समावेशी शिक्षाको अवधारण तथा विकासक्रम, नितीगत व्यवस्था, शिक्षाका कार्यक्रम, बाधक तत्वहरु बिच धारणगत बाधा, संस्थागत बाधा र वातावरणीय तथा भौतिक बाधा जस्ता विषयहरूमा प्रस्तुती गरेका थिए ।


यस्तै, तालिमका सभाध्यक्ष टेकनाथ न्यौपानेले अपाङ्गताहरुलाई माया, दया भन्दा पनि कामको अवसर दिन आग्रह गरे ।