• गृहपृष्ठ
  • भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले २९ रोपनी जग्गा हडपेको खुलासा

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले २९ रोपनी जग्गा हडपेको खुलासा

Jun 28th, 2023

काठमाडौं १३ असार

ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले २९ रोपनी जग्गा हडपेको खुलेको छ ।प्रहरीको प्रारम्भीक अनुसन्धानमा सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन गुरुङले बिचौलियाको भूमिकामा निभाउनुका साथै उक्त क्षेत्रफल बराबरको जग्गा हडपेको खुलेको हो ।

गुरुङमाथि मुलुकी ऐन २०२० अन्तर्गत सरकारी किर्तेमा कारबाही अगाडि बढ्ने बताइएको छ ।
प्रहरीले ललिता निवास प्रकरणमा मंगलवार ७ जनालाई पक्राउ गरेको थियो । जसमा तीन जना छुटेका छन् भने भाटभाटेनीका सञ्चालक गुरुङसहित अरु ४ जना प्रहरी नियन्त्रणमै छन्। ललिता निवास किर्तेमा कसको भूमिका के भन्ने विषयमा सिआईबीले बुधवार बिहान पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

‘मीनबहादुर गुरुङले व्यवसायी, आफू र आफ्ना परिवारसमेतका नाममा जग्गा ल्याई सरकारी जग्गा आफ्नो बनाउने कार्यमा बिचौलियाको भूमिका निर्वाह गरी प्रत्यक्ष लाभसमेत लिएको, हाल निज मीनबहादुर गुरुङ र निजको परिवार तथा निजकी शेयर रहेको भाटभटनी डेभलपमेन्ट कम्पनी प्रालि समेतको नाममा करिब ३० रोपनी जग्गा कायम रहेको’ पत्रकार सम्मेलनमा प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।