• गृहपृष्ठ
  • खेलाडीका जिम्मा महालक्ष्मी नगरपालिका र वडा नं. ७ले लिन्छः वडा अध्यक्ष महर्जन

खेलाडीका जिम्मा महालक्ष्मी नगरपालिका र वडा नं. ७ले लिन्छः वडा अध्यक्ष महर्जन

Jun 28th, 2023

आधारभूमि असार १३ ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ ले दोश्रो बागमती प्रदेश स्तरिय खेलमा विजेता ९ जना खेलाडी सम्मान गरिएको छ । सम्मान गर्ने क्रममा बोल्दै महालक्ष्मी नगरपालिका ७का वडा अध्यक्ष बाबुराजा महर्जनले सम्मानीत खेलाडीको विकासको लागि महालक्ष्मी नगरपालिका र वडा नं. ७ सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्मान हुने खेलाडीहरुमा उसु तर्फ रविन्द्र आले प्रथम, द्वितीय प्रेम कुमारी आले, तृतीय आइस दर्लामी मगर रहेका छन् । आ. टि. एफ. तर्फ समिर थापा, र विष्णु भण्डारी प्रथम, द्वितीयमा रिमेश के.सी. र रमित बस्नेत तृतीयमा निश्चल पूर्वाञ्छे, मनिशा तामाङ्ग भएका छन् ।