• गृहपृष्ठ
  • ३० दिनभित्र विवरण पेश नगर्ने सहकारीलाई कारबाही गर्ने काठमाडौ महानगरको चेतावनी

३० दिनभित्र विवरण पेश नगर्ने सहकारीलाई कारबाही गर्ने काठमाडौ महानगरको चेतावनी

Jun 28th, 2023

काठमाडौ १३ असार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मातहतका सहकारी संस्थाहरूलाई ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले आज सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो ।

पछिल्लो समय सहकारीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारण सभाको जानकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले जनाएको छ ।

सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।