गायक प्रकाश सपूतमाथि बोतल प्रहार

Jun 26th, 2023

काठमाडाै‌, असार ११

गायक प्रकाश सपूतमाथि बोतल प्रहार भएको छ । रोमानियामा आयोजित एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका बेला उनीमाथि बोतल प्रहार भएको हो । 

कार्यक्रममा सहभागी एक दर्शकले सपूतमाथि बोतल प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । दोहोरीगीत प्रतिष्ठानका सचिव रहेका प्रकाशमाथि भएको घटनाको भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग समेत प्रतिष्ठानले गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।