टीभीएसले ल्यायो ‘नयाँ सफर बिना कर’ अफर

Jun 25th, 2023

काठमाडौं, असार १०

टीभीएसले नयाँ खरिदकर्ताहरूलाई लक्षित गरी ‘नयाँ सफर बिना कर अफर’  सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत हरेक बाइक र स्कुटरको खरिदमा तिर्नुपर्ने खरिद वर्षको सडक कर र अर्को एक वर्षको सडक कर टीभीएस आफैले तिर्नेछ । 

टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो अफर देश भित्रका सबै ठाउँ लागु गरिसकेको छ, जसले गर्दा प्रयोगकर्ताहरू दुई वर्षको कर तिर्नु पर्ने झन्झटबाट मुक्त भएको कम्पनीले जनाएको छ । यस बाहेक टीभीएसले आफ्ना बाइक र स्कुटरको खरिदलाई सहज बनाउनका निम्ति फाइनान्स सुविधा पनि ल्याएको छ, जस अन्तर्गत २५ प्रतिशतको डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमा टीभीएसका बाइक र स्कुटर खरिद गर्न सकिनेछ  ।