अलि-अली हाँस्नु तिमि………..

Jun 24th, 2023

अलि-अली हाँस्नु तिमि मेरो सामु मुस्कुराऊ
मैले  टाढा हुँदा त्यो मन नदुखाऊ
धेरै समय पछि पक्का  हाम्रो भेट हुनेछ
यी खोला,नदीको किनारमा रमाएर बस्नु छ
 
जहाँ गए जता गए पनि मनमा माया रहेको छ
मन खोलेर कुरा गर्छु अब भेट्नु छ
धेरै टाढा बाट हिँड्दै आएको छु तिमिलाई खोज्न
चाहँदैन मैले तिम्रो चित दुखाउन
 
प्रार्थना गरी ईश्वर सँग बर माग्छु
जिन्दगीमा लक्ष्य सम्म पुग्न खोजेको छु
मेरो मनमा बस्यौ मनकै कुरा गर्‍यौ
चिसो हावा चल्दा यही बस्न खोजौँ
 
तिम्रो नाम मेरो दिलमा राखिदेऊ
अलि-अली हाँस्नु तिमि मेरो सामु मुस्कुराऊ

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी