• गृहपृष्ठ
  • उपप्राध्यापक प्रेम चलाउनेले अनसन तोडियो

उपप्राध्यापक प्रेम चलाउनेले अनसन तोडियो

Jun 24th, 2023

काठमाडौं, असार ९

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले हिजाे अनसन तोड्नुभएको छ ।

पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनसन बस्दै आउनुभएका चलाउनेलाई चितवनकी होमकुमारी बरालले चलाउनेलाई दही खुवाएर अनसन तोडाउनुभएको हो ।

मन्त्रिपरिषद् बैठकले चलाउनेलाई आक्रमण गर्ने नेपाल विद्यार्थी सङ्घ (विसङघ)का कार्यकर्ता विरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने त्यसको विरोधमा अनसन बस्नुभएको थियो ।

सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी आदेश दिएपछि उहाँले अनसन स्थगित गर्नुभएको हो ।